२०८३ साउन १२ मंगलबार

तीन लाख पुग्यो सुनको मूल्य, सुनचाँदीको मूल्य हालसम्मै उच्च

ई आर्थिक    शुक्रबार, माघ ९ २०८२
1.9K
Shares
तीन लाख पुग्यो सुनको मूल्य, सुनचाँदीको मूल्य हालसम्मै उच्च

काठमाडौं।  नेपाली बजारमा सुन र चाँदीको मूल्य एकैदिन उल्लेख्य रूपमा बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य नेपाली बजारमा सुनको अहिलेसम्मकै उच्च दर हो। यसअघि सुनको उच्च मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ रहेको थियो।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३ सय २० रुपैयाँले बढ्दै ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। यो समेत हालसम्मकै महँगो दर मानिएको छ। यसअघि चाँदीको उच्च मूल्य प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा देखिएको छ। शुक्रबार विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ९ सय ६० अमेरिकी डलर र चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij