२०८३ असोज १ बिहिबार

नेपालको वैदेशिक व्यापारमा १७ प्रतिशत वृद्धि, निर्यात ४३ प्रतिशतले बढ्यो

ई आर्थिक    बुधबार, माघ ७ २०८२
3.6K
Shares
नेपालको वैदेशिक व्यापारमा १७ प्रतिशत वृद्धि, निर्यात ४३ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म नेपालले कुल १० खर्ब ८१ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो।

भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको ६ महिनामा आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ, जबकि निर्यात ४३.७६ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।

तर, वैदेशिक व्यापार घाटा पनि बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij