दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका शाहले आफ्नो मनोनयन दर्ता गरेका हुन्। समर्थक र बाजागाजासहित उनी कार्यालयसम्म पुगेका थिए भने विभिन्न स्थानमा कलससहित स्वागत गरिएको थियो।
शाहले पार्टी अध्यक्ष रवि लामिछानेबाट टिकट प्राप्त गरेका हुन्। उनी आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि औपचारिक रूपमा संघीय निर्वाचनको तयारीमा जुटेका थिए।
शाहले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सम्बोधन गर्दै राजनीतिक परिवर्तन र नयाँ अभ्यासको आवश्यकता औंल्याएका थिए। सभामा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उम्मेदवारी घोषणा र मनोनयन दर्तापछि झापा–५ मा राजनीतिक गतिविधि तीव्र बनेको छ।
