२०८३ साउन ९ शनिबार

एसबीआई बैंकको घ्याङलेख शाखा लुटपाट गर्ने सातै जना समातिए, यस्तो थियो लुटपाटको योजना

ई आर्थिक    शुक्रबार, माघ २ २०८२
3.4K
Shares
एसबीआई बैंकको घ्याङलेख शाखा लुटपाट गर्ने सातै जना समातिए, यस्तो थियो लुटपाटको योजना

सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ ७ः३० बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक जना फरार रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का ४९ बर्षिय सुमो चालक भागवतसिंह थापा, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुर महानगरपालिका–२ का २४ बर्षिय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठेगाना भएका १९ वर्षीय विवेक मगर, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक पक्राउ परेका छन् ।

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए ।

बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते बनाइ बैंक भित्र छिरी नगद लुटेर उनीहरु फरार भएका थिए ।

घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा विएडि ०३९८ टाटा सुमो र चालक भागवतसिंहलाई फेला पारी निजलाई प्रारम्भिक रुपमा सोधपुछ गर्दा अपरिचित छ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रेको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको जानकारी पाएपछि चालकले दिएको हुलियाको आधारमा बैंक लुटपाटमा संलग्नको खोजिलाई तिव्र पारिएको थियो ।

नेपाल एसबिआई शाखा कार्यालय घ्याङलेख शाखाका अनुसार उक्त दिन बैंकबाट रु तीन करोड सात लाख पैसा लुटी उनीहरुले लगेका थिए । पक्राउ परेकाहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको । प्रहरीले दुई करोड ६८ लाख ५५ हजार १७५ बरामद गरेको छ ।

साथै उक्त घटनामा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, मोबाइल पाँच थान, ठुलो पानी टेप एक थान, कालो रङको नकाब तीन थान र रातो रङको नकाब एक थान, कालो पञ्जा एक जोर बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij