काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च दर हो।
मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको सुन आज फेरि १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।
यसैगरी चाँदीको मूल्य पनि बुधबार नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा किनबेच भएको थियो।
सुन र चाँदी दुवैको मूल्य निरन्तर बढिरहेकाले बजारमा चासो बढ्दै गएको छ।