२०८३ साउन १० आइतबार

५०० भन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश

ई आर्थिक    मंगलबार, पौस २९ २०८२
3K
Shares
५०० भन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश

सर्लाही ।  राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवन कुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमद सहित ५०० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।

सर्लाहीको बागमतीस्थित सिता पार्टी प्यालेसमा आयोजित वृहद् कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई खादा ओढाएर र उज्यालो नेपालको टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रममा बोल्दै नवप्रवेशी केन्द्रीय नेता त्रिभुवन कुमार सिंहले अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हुँदा गरेको काम र पछिल्लो ११५ दिन सरकारमा रहेर देखाएको कार्यसम्पादनबाट आफू गहिरो रूपमा प्रभावित भएको बताए।

उनले परिणाममुखी नेतृत्व, इमान्दार कार्यशैली र निर्णय क्षमताका कारण कुलमान घिसिङ देशका लागि भरोसायोग्य नेता बनेको उल्लेख गरे।

सिंहले उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डा बोकेको पार्टी भएकाले आफ्नो राजनीतिक यात्रा यही पार्टीबाट अघि बढाउने निर्णय गरेको स्पष्ट पारे।

कार्यक्रममा अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी व्यक्तिको प्रचारका लागि होइन, प्रणाली सुधार र जनसेवाका लागि अघि बढेको राजनीतिक शक्ति भएको बताउँदै नयाँ प्रवेशीहरूसँगै देश परिवर्तनको अभियान अझ सशक्त हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij