२०८३ साउन ९ शनिबार

सुनचाँदीको मूल्य हालसम्मै उच्च, सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार

ई आर्थिक    मंगलबार, पौस २९ २०८२
2.2K
Shares
सुनचाँदीको मूल्य हालसम्मै उच्च, सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार

काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ उचाइ कायम गरेको छ ।

 सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य मंगलबार फेरि बढ्दै अघिल्लो कीर्तिमान तोडेको हो  ।  आज मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ लाख ७६ हजार ५०० रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मानिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दो क्रममा रहेको छ । मंगलबार चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

यसअघि सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो । आइतबारदेखि चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij