काठमाडौं : बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको हो ।
अघिल्लो दिनको तुलनामा चाँदीको भाउ ५५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीले यसअघि पुस १४ गते ४ हजार ८९५ रुपैयाँको उच्च रेकर्ड बनाएको थियो, जुन बुधबार तोडिएको छ ।
यता, सुनको मूल्य भने सामान्य घटेको छ । महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्दै २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसअघि पुस १३ गते सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । सो दिन सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।