२०८३ साउन ११ सोमबार

माघ १ देखि सबै बीमा भुक्तानी अनिवार्य रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने

ई आर्थिक    मंगलबार, पौस २२ २०८२
2.5K
Shares
माघ १ देखि सबै बीमा भुक्तानी अनिवार्य रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका बीमा भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

जीवन, निर्जीवन, लघु, पुनर्बीमा कम्पनी तथा बीमा दलालहरूले दाबी भुक्तानीलगायत सबै रकम सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामै जम्मा गर्नुपर्नेछ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीको तर्फबाट जारी  विज्ञप्ति जारी गर्दै जीवन बीमा, निर्जीवन बिमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बिमा दलालहरूलाई सम्बोधन गर्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था र सरकारी निकायबाट हुने भुक्तानी डिजिटल माध्यमबाट गर्ने नीतिअनुसार यो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

यसअघि पनि बीमा कम्पनीका कर्मचारी तथा श्रमिकको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्न निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij