२०८३ भाद्र २६ शुक्रबार

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
779
Shares
न्यान्सी अटोमोबाइल्स र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरुका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले मारुती सुजुकीका गाडी खरिदमा विशेष नगद छुट पाउने भएका छन् ।

यसका लागि प्रभु बैंक र मारुती सुजुकीका आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाइनेछ ।

सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टर प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् । सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भएको छ भने ६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ ।

प्रभु बैंकले देशभरका ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको जनाएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ बैंकले सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij