२०८३ साउन १२ मंगलबार

सुनचाँदीको मूल्य फेरी बढ्यो, सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार

ई आर्थिक    मंगलबार, पौस २२ २०८२
2.8K
Shares
सुनचाँदीको मूल्य फेरी बढ्यो, सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । पछिल्ला दुई दिनदेखि निरन्तर उकालो लागेको बहुमूल्य धातुको मूल्य आज फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढ्दै २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १९५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा लगानीकर्ताको बढ्दो आकर्षणका कारण स्वदेशी बजारमा पनि सुन–चाँदीको मूल्यमा वृद्धि भएको व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij