२०८३ साउन ९ शनिबार

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ६५ हजारमा कारोबार

ई आर्थिक    सोमबार, पौस २१ २०८२
1.8K
Shares
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ६५ हजारमा कारोबार

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकिएको छ।

हिजोको तुलनामा आज सुनको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार यही पुस १३ गते आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ८५ रुपैयाँले बढी हो। आइतबार चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि पुस १४ गते सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिन्छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सोही परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij