२०८३ असोज २ शुक्रबार

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार

ई आर्थिक    बुधबार, पौस ९ २०८२
1.8K
Shares
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार

काठमाडौं।  नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च तहमा पुगेको छ । मंगलबार ठूलो वृद्धिपछि बुधबार पनि सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको सुन बुधबार थप ९ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । मंगलबार प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँ रहेको चाँदी बुधबार बढेर ४ हजार ४ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागेसँगै यसको असर नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार विश्व बजारमा एक औँस सुन करिब ४ हजार ५ सय २५ अमेरिकी डलर र चाँदी ७३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij