२०८३ साउन १० आइतबार

जेनजी आन्दोलन छानबिन आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो

ई आर्थिक    मंगलबार, पौस ८ २०८२
1.7K
Shares
जेनजी आन्दोलन छानबिन आयोगले  तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो

काठमाडौं ।  गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।

आयोगले मंगलबार पत्रमार्फत लेखकलाई शुक्रबार उपस्थित भई बयान दिन आग्रह गरेको हो। आयोगका अनुसार यस घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान यसअघि नै लिइसकिएको छ।

यसैबीच, आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जानकारी दिएको छ। यसका लागि औपचारिक पत्र पठाउने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको तथ्य पत्ता लगाउने उद्देश्यले आयोगले छानबिनलाई तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij