काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। आइतबारको तुलनामा चाँदीको मूल्य १ सय ३० रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र डलरको प्रभावका कारण सुन–चाँदीको भाउ बढेको व्यवसायीहरू बताउँछन्।