काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौँबाट हवाई र्माफत भरतपुर जाने भएका छन् । त्यसपछि उनी भरतपुरबाट स्थलमार्ग हुँदै भैरहवा जाने भएका हुन् ।
रास्वपा सभापति लामिछाने रिहाइ प्रक्रिया पूरा गर्न हवाईमार्फत काठमाडौंबाट रुपन्देही जाने योजना बनाएका थिए, तर खराब मौसमका कारण भैरहवा जहाज उड्न नसकेकाले अब उनी काठमाडौँबाट हवाइमा भरतपुर सम्म र भरतपुरबाट भैरहवा ड्राइभमार्ग हुँदै पुग्ने भएका हुन् ।
उच्च अदालत बुटवल इजलासले लामिछानेलाई सर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ। अदालतले २ करोड ७४ लाख ८४ हजार बराबरको जमानत उपलब्ध गराएपछि रिहा गर्न सकिने निर्देशन दिएको हो। सुप्रिम सहकारीसँग सम्बन्धित मुद्दामा प्रवाह भएको रकमको बिगोका आधारमा दामासाही हिसाबले पर्न आउने रकम बराबर बैंक ग्यारेन्टी राख्नुपर्ने आदेशमा उल्लेख गरिएको छ।
प्रशासनिक प्रक्रिया पूरा गर्न र आवश्यक कागजात लिन लामिछाने जिल्ला अदालत रुपन्देही पुग्ने तयारीमा छन्। आदेश जारी भएपछि नख्खु कारागारबाहिर समर्थकहरूको भीड जम्मा भएका थिए ।