२०८३ साउन ९ शनिबार

मेक्सिकोमा निजी विमान दुर्घटना : सवार सबैको मृत्यु, १३० जनालाई सुरक्षित स्थानमा सारियो

ई आर्थिक    मंगलबार, पौस १ २०८२
1.6K
Shares
मेक्सिकोमा निजी विमान दुर्घटना : सवार सबैको मृत्यु, १३० जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ।  मेक्सिकोको टोलुका विमानस्थल नजिकै एउटा निजी विमान आपत्कालीन अवतरणको प्रयासमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार सबै १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

विमान प्रशान्त तटको अकापुल्कोबाट उडेको थियो र टोलुका जाँदै थियो। सान माटेओ एटेन्कोको औद्योगिक क्षेत्रमा फुटबल मैदानमा अवतरण गर्ने प्रयास गर्दा धातुको छानामा ठोक्किएर आगो लागेको थियो। मेक्सिको सिटीबाट करिब ५० किलोमिटर टाढा यो क्षेत्र पर्छ।

विमानमा ८ यात्रु र २ चालक दलका सदस्य थिए। दुर्घटनापछि ठूलो आगलागी भएकाले नजिकैका करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको सान माटेओ एटेन्कोकी मेयर आना मुनिजले बताइन्।

दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा धुवाँको मुस्लो र आगो देखिन्छ। अधिकारीहरुले घटनाको कारण अनुसन्धान गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij