२०८३ असोज २ शुक्रबार

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, तीन हजार पाँच सयले बढेर दुई लाख ५६ हजार ६०० कायम

ई आर्थिक    शुक्रबार, मंसिर २६ २०८२
3.4K
Shares
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, तीन हजार पाँच सयले बढेर दुई लाख ५६ हजार ६०० कायम

ई–आर्थिक, काठमाडौं । तीन हजार पाँच सयले बढेर दुई लाख ५६ हजार ६०० कायमबिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा रु. तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु. १०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. तीन हजार ९०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ८०५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij