काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि उकालो लाग्दै आज प्रतितोला ३ हजार ८ सय ५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो भने चाँदीको मूल्य ३ हजार ७ सय ५० रुपैयाँ थियो।
महासंघका अनुसार गत असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन ऐतिहासिक रूपमा उच्च मूल्य मानिन्छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ४,२४२ अमेरिकी डलर र चाँदी ६२ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले उल्लेख गरेका छन्।