२०८३ साउन ९ शनिबार

भारतले भन्यो- फागुन २१ को चुनावमा सहयोग गर्न तयार छौँ

ई आर्थिक    मंगलबार, मंसिर २३ २०८२
3.4K
Shares
भारतले भन्यो- फागुन २१ को चुनावमा सहयोग गर्न तयार छौँ

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी देश भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरित्त सचिव मुनु महावरले आज गरेको शिष्टाचार भेटमा उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भारतीय विदेश मन्त्रालयको उक्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन्।

भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपदबाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीकाे स्वकीय सचिवालयले जनाएको छ। अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए।

सो क्रममा गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा-चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरे।

सीमा अपराध रोकथाम, चोरी तस्करी, अवैध वस्तुको ओसारपसार र आपराधिक गतिविधि नियन्त्रण गर्न दुवैतर्फका सीमा सुरक्षा संगठनको क्षमता अभिवृद्धि र सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij