ई-आर्थिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
मंगलबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंसिर २२ गते सोमबार बसेको मन्त्रिपरिषद्ले गरेका १८ निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय भएको सरकारका प्रवक्ता खरेलले जानकारी दिए ।
मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८२/२०८३को लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय गरेको उनले बताए ।
मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ भने कोलोम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत गर्न् निर्णय गरेको छ ।
यस्ता छन् अन्य निर्णयहरु

