२०८३ असोज २ शुक्रबार

समसामयिक राजनीति र संसद पुनःस्थापनाबारे देउवा–ओलीबीच भेटवार्ता

ई आर्थिक    शनिबार, मंसिर २० २०८२
4.6K
Shares
समसामयिक राजनीति र संसद पुनःस्थापनाबारे देउवा–ओलीबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह महत्वपूर्ण भेटवार्ता भएको छ। अध्यक्ष ओलीको सचिवालयका अनुसार भेटमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति तथा संसद पुनःस्थापनासम्बन्धी विषयमा छलफल भइरहेको छ।

अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले लामो समयपछि भएको अनौपचारिक भेटमा दुवै नेताका धर्मपत्नी-सभापति देउवाकी पत्नी डा. आरजु राणा र अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यको समेत उपस्थिति रहेको जानकारी दिए ।

जेनजी आन्दोलनपछि सत्ता परिवर्तन भई दुवै पूर्वप्रधानमन्त्री सत्ताबाट बाहिरिएपछि उनीहरूबीच भएको यो सम्भवतः पहिलो अनौपचारिक भेटवार्ता मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij