२०८३ असोज २ शुक्रबार

बालुवाटारमा सर्वपक्षीय बैठक, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे छलफल

ई आर्थिक    शुक्रबार, मंसिर १९ २०८२
1.7K
Shares
बालुवाटारमा सर्वपक्षीय बैठक, निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे छलफल

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनको तयारीलाई लिएर सर्वपक्षीय छलफल भैरहेको छ ।

प्रधानमन्त्री कार्कीले बालुवाटारमा शुक्रबार साँझ आयोजित बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र वातावरणसम्बन्धी विषयमा छलफल गर्नुभएको निजी सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री कार्की, मन्त्रीपरिषद्का सदस्यहरू, निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, एमाले महासचिव शंकर पोखरेल, रास्वपा नेता शिशिर खनाल र सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।

बैठकमा सहभागीहरूले आगामी निर्वाचन शान्तिपूर्ण र पारदर्शी बनाउन आवश्यक तयारी र समन्वयका विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij