२०८३ साउन १२ मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    आइतबार, मंसिर १४ २०८२
2.8K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा आज आइतबार सुनको मूल्य तीव्र गतिमा उक्लिएको छ। प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै छापावाला सुन २ लाख ५२ हजार २ सय रुपैयाँमा पुगेको छ। यसअघि शुक्रबार यसको मूल्य २ लाख ५० हजार ६ सय रुपैयाँ थियो।

गत साताभर सुनको मूल्यमा उतार–चढाव देखिएको थियो। आइतबार २ लाख ४४ हजार ६ सय, सोमबार २ लाख ४२ हजार ७ सय, मंगलबार २ लाख ४७ हजार ९ सय, बुधबार २ लाख ४८ हजार ८ सय र बिहीबार २ लाख ४८ हजार ४ सय रुपैयाँमा सुन किनबेच भएको थियो।

यसैबीच, चाँदीको मूल्य पनि आज सर्वाधिक महँगो बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर मानिन्छ। यसअघि असोज ३१ गते चाँदी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

महासंघका अनुसार असोज ३१ कै दिन सुनको मूल्य पनि सर्वाधिक २ लाख ५८ हजार रुपैयाँ प्रति तोला पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि, आपूर्ति–मागमा आएको परिवर्तन र विश्वबजारमै देखिएको चापका कारण पछिल्लो समय नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर बढ्दो अवस्थामा रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij