२०८३ साउन ९ शनिबार

बैंक तथा वित्तीय क्षेत्रहरुमा केन्द्रीय बैंकले ३ अर्ब ४३ करोड ७५ लाख लगानी गर्ने

ई आर्थिक    बुधबार, मंसिर १० २०८२
2.4K
Shares
बैंक तथा वित्तीय क्षेत्रहरुमा केन्द्रीय बैंकले ३ अर्ब ४३ करोड ७५ लाख लगानी गर्ने

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम लगानी गर्न बजारमा ३ अर्ब ४३ करोड ७५ लाख करोड रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले विभिन्न कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा २ अर्ब ७५ करोड ०१ लाख रुपैयाँ लगानी गर्ने छ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ५१ करोड ५६ लाख रुपैँया लगानी गर्ने सूचनामा उल्लेख गरेको छ साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १७ करोड १८ लाख  निक्षेप लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। मुद्दती निक्षेपमा २०२५ डिसेम्बर १७  देखि २०२६ डिसेम्बर १७ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ ।

त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij