२०८३ साउन १० आइतबार

काठमाडौंमा एमालेको शान्तिपूर्ण जनप्रदर्शन सुरु, प्रतिनिधिसभा पुनर्स्थापना मुख्य माग

ई आर्थिक    शनिबार, मंसिर ६ २०८२
2.4K
Shares
काठमाडौंमा एमालेको शान्तिपूर्ण जनप्रदर्शन सुरु, प्रतिनिधिसभा पुनर्स्थापना मुख्य माग

काठमाडौं । नेकपा एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध चलाइरहेको जनपरिचालन अभियान अन्तर्गत काठमाडौंमा शान्तिपूर्ण जनप्रदर्शन सुरु भएको छ। बागमती प्रदेश कमिटीको आयोजनामा भएको आजको प्रदर्शन भदौ २३ र २४ गतेका आन्दोलन तथा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनविरुद्धको विरोधका रुपमा अघि बढाइएको हो।

एमालेले कात्तिक २२ गतेदेखि वडा तहमा जनपरिचालन कार्यक्रम सञ्चालन गर्दै आएको छ। आजको जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनालाई मुख्य माग बनाउँदै आयोजना गरिएको जनसभा भृकुटी मण्डपमा हुनेछ। विभिन्न जनसंगठन, सम्पर्क समन्वय कमिटी, नेता तथा कार्यकर्ताहरूको र्‍याली प्रदर्शनी मार्गमा जम्मा भई रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij