२०८३ भाद्र ३० मंगलबार

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आबद्ध

ई आर्थिक    शुक्रबार, कार्तिक २१ २०८२
3.8K
Shares
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आबद्ध

 ई- आर्थिक, काठमाडौं ।  शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड  एनपीएस-एनसीएस तथा नेपालपे कार्डमा आबद्ध भएको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसीएचएलबीच  एनपीएस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रकाश पौडेल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको हो ।

एनसीएचएलले हालै  एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम  इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्द्धन  हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ, पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस-एनसीएस तथा नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी विकास बैंकहरु मध्येको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले देश भरी रहेका ८८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा १८ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij