२०८३ साउन १२ मंगलबार

वन अधिकृत श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनमा मुद्दा दायर

ई आर्थिक    सोमबार, कार्तिक १७ २०८२
2.6K
Shares
वन अधिकृत श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनमा मुद्दा दायर

ई-आर्थिक, काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार श्रेष्ठले २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको अवधिमा वैधानिक आम्दानीभन्दा एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ।

अनुसन्धानका क्रममा उनले पाएको तलब, पारिवारिक आम्दानी, जग्गा बिक्री, व्याज, शेयर र कृषिबाट प्राप्त आम्दानीको तुलनामा सो रकम अस्वाभाविक रूपमा बढी रहेको आयोगको दाबी छ।

सार्वजनिक पदमा रही पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाणित भएकाले आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल गर्न माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।

आयोगका अनुसार, श्रेष्ठकी पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल र उनीहरूसँग सम्बन्धित ‘फरेस्ट एन्ड इनभाइरोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि.’ को नाममा रहेको सम्पत्तिलाई पनि राज्यका नाममा जफत गर्न माग गरिएको छ।

आयोगले सो सम्पत्तिको स्रोतबारे पर्याप्त प्रमाण प्रस्तुत गर्न नसकेका कारण गैरकानूनी रूपमा आर्जित ठहर गर्दै मुद्दा दायर गरेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij