२०८३ साउन ९ शनिबार

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

ई आर्थिक    सोमबार, कार्तिक १७ २०८२
1.6K
Shares
बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं ।  बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन्।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिए।

सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल-चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम-कोरोला सडकखण्ड अवरुद्ध छन्।

यस्तै बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij