काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज निर्वाचन आयोगबाट आधिकारिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगमा दिउँसो २ बजे पुगेर साम्पाङ स्वयंले प्रमाणपत्र ग्रहण गरेका हुन्।
नवदर्ता पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन्। पार्टीमा पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य छन्। पदाधिकारीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्।
स्रोतका अनुसार, पार्टीको अधिकांश पदाधिकारी जनजाति समुदायका व्यक्ति रहेका छन्।
श्रम संस्कृति पार्टीको चुनाव चिन्ह “माटो” रहेको छ।
साम्पाङले गत असोज १२ गते आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए, र आज औपचारिक रूपमा आयोगबाट प्रमाणपत्र लिएपछि पार्टीले पूर्ण रूपमा कानुनी मान्यता पाएको हो।