२०८३ साउन ९ शनिबार

नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

ई आर्थिक    शुक्रबार, कार्तिक १४ २०८२
4.4K
Shares
नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

ई-आर्थिक, चितवन ।  मुग्लिन- पहिरोका कारण अवरुद्ध नारायणघाट–सडक दुईतर्फी सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो।

सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उनले जानकारी दिए। उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij