२०८३ साउन १० आइतबार

डिसहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत उपत्यकाभित्रका डल्लेका सम्पूर्ण आउटलेटमा विशेष छुट

ई आर्थिक    बिहिबार, कार्तिक १३ २०८२
2.9K
Shares
डिसहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत उपत्यकाभित्रका डल्लेका सम्पूर्ण आउटलेटमा विशेष छुट

काठमाडौं । डिसहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यस सहकार्यअन्तर्गत डिसहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छुट दिनेगरी सम्झौता भएको हो। यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिसहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने कम्पनीले जनाएको छ।

भर्चुअल प्रिभिलेज कार्डका लागि गुगल प्ले स्टोरबाट माइ डिसहोम एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्न सकिन्छ। होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गरी डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij