२०८३ साउन ९ शनिबार

मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री खट्टरबिच भेटवार्ता

ई आर्थिक    बुधबार, कार्तिक १२ २०८२
2.3K
Shares
मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री खट्टरबिच भेटवार्ता

नयाँ दिल्ली ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबिच भेटवार्ता भएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्लीमा रहनु भएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबिच बुधबार भेटवार्ता भएको हो ।

विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबिचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबिच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

भेटमा भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्मा, भारतका विद्युत् सचिव पङ्कज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायत सहभागी रहनुभएको जानकारी मन्त्री घिसिङको सचिवालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij