काठमाडौं । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला रु २,९०० ले घटेर रु २ लाख ३७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तिहारपछि मात्र सुनको मूल्यमा प्रतितोला रु १६,५०० ले कमी आएको छ।
सोमबार सुनको मूल्य रु २ लाख ३९ हजार ९ सय थियो। पछिल्ला केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेको व्यवसायीहरूले बताएका छन्।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। मंगलबार चाँदी तोलामा रु ६० घटेर रु २,९२० मा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य रु २,९८० थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावटकै प्रभाव नेपाली बजारमा पनि परेको हो।
यसअघि असोज ३१ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गरेको थियो। सो दिन प्रतितोला सुन रु २ लाख ५८ हजार र चाँदी रु ३,३५० मा कारोबार भएको थियो।