२०८३ साउन ९ शनिबार

काठमाडौँका ६२ चोकमा हाइ मास्ट लाइट जडान, काम सम्पन्न हुने चरणमा

ई आर्थिक    आइतबार, कार्तिक २ २०८२
3.8K
Shares
काठमाडौँका ६२ चोकमा हाइ मास्ट लाइट जडान, काम सम्पन्न हुने चरणमा

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सहरका प्रमुख ६२ वटा चोकमा हाइ मास्ट लाइट जडानको काम अन्तिम चरणमा पुर्‍याएको छ।

उक्त कार्यका लागि ९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा सम्झौता भई काम भइरहेको महानगरपालिकाले जानकारी दिएको छ।

महानगरले २०८१ साल पुस २३ गते निर्माण पक्षसँग सम्झौता गरी कामको जिम्मेवारी दिएको थियो। अहिले अधिकांश स्थानमा लाइट जडान भइसकेको छ भने बाँकी केही स्थानमा अन्तिम परीक्षण र सन्तुलनको काम भइरहेको छ।

यस परियोजनाबाट सहरको सौन्दर्यवृद्धिसँगै रातको समयमा सुरक्षित आवागमनमा पनि सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij