ई-आर्थिक, काठमाडौं । केही हप्ता यता लगातार उकालो लागेको सुनको भाउमा आइतबार अप्रत्याशित गिरावट देखिएको छ। नेपाली बजारमा सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर नयाँ मूल्य २ लाख ५३ हजार २ सय रुपैयाँ तोकिएको छ।
गत शुक्रबार मात्र सुनले अहिलेसम्मकै उच्च मूल्य छुएको थियो, जब यो प्रतितोला २ लाख ५८ हजार रुपैयाँ मा कारोबार भएको थियो। तर आइतबारको मूल्य समायोजनसँगै बजारमा सुन सस्तो भएको हो।
यसैबीच, पछिल्लो समय क्रमशः उकालो लागेको चाँदीको भाउमा समेत आइतबार केही गिरावट आएको छ। चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ३ हजार २ सय ७५ रुपैयाँ मा झरेको छ। शुक्रबारको मूल्य ३ हजार ३ सय ५० रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र भुक्तानी सन्तुलनका कारण मूल्यमा यस्तो हेरफेर भएको हो।