२०८३ असोज २ शुक्रबार

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ४८ हजार ५ सय पुग्यो

ई आर्थिक    मंगलबार, असोज २८ २०८२
3.9K
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला २ लाख ४८ हजार ५ सय पुग्यो

ई-आर्थिक, काठमाडौं ।   नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा एकैदिन उल्लेख्य वृद्धि भएको छ। सुन प्रतितोला ८ हजार एक सय रुपैयाँले र चाँदी १०५ रुपैयाँले बढेको हो। मूल्य वृद्धिसँगै दुवै धातुले नयाँ उच्च मूल्य स्तर कायम गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। सोमबार सोही सुन २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर ऐतिहासिक स्तरमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँमा पुगेको छ। सोमबारको तुलनामा यो १०५ रुपैयाँको वृद्धि हो। पछिल्ला दिनहरूमा चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको देखिन्छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि देखिन थालेको हो। साथै, अमेरिकी डलरको दर, तेलको मूल्यवृद्धि, र विश्वव्यापी आर्थिक अनिश्चितताले समेत बहुमूल्य धातुहरूको मूल्यमा प्रभाव पारेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij