२०८३ असोज ३ शनिबार

एमालेको भातृ संगठन युवा संघलाई काठमाडौंमा र्‍याली र सभा गर्न प्रशासनको रोक

ई आर्थिक    शुक्रबार, असोज २४ २०८२
4.1K
Shares
एमालेको भातृ संगठन युवा संघलाई काठमाडौंमा र्‍याली र सभा गर्न प्रशासनको रोक

काठमाडौं । नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गर्न लागेको मोटरसाइकल र्‍यालीमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ। सुरक्षा चुनौती बढ्न सक्ने भन्दै प्रशासनले कुनै पनि प्रकारका र्‍याली, सभा वा प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको हो।

प्रशासनले बिहीबार सार्वजनिक सूचना जारी गर्दै असोज २५ गते विभिन्न समूहहरूबाट जुलुस, धर्ना तथा सभा हुने जानकारी प्राप्त भएको जनाउँदै, त्यस्ता गतिविधिले राजधानीको शान्ति सुरक्षा व्यवस्थामा चुनौती उत्पन्न गर्न सक्ने उल्लेख गरेको छ।

सूचनामा भनिएको छ, “सुरक्षा जोखिम हुनसक्ने अवस्था तथा विगतमा देखिएका अराजक गतिविधिका कारण पूर्वस्वीकृति बिना कुनै पनि कार्यक्रम गर्न नपाइने निर्णय गरिएको छ।”

गत भदौ २३ गतेको ‘Gen Z’ आन्दोलनपछि काठमाडौंमा तोडफोड, आगजनी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने घटनाहरू भएको स्मरण गराउँदै प्रशासनले शान्ति सुरक्षालाई सर्वोपरि मान्न आग्रह गरेको छ।

युवा संघ नेपालले शनिबार दिउँसो १ बजे तिनकुनेबाट मोटरसाइकल र्‍याली गर्ने घोषणा गरेको थियो। तर प्रशासनको निर्णयसँगै सो र्‍याली प्रभावित हुने देखिएको छ।

प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र प्रहरी ऐन २०१२ को दफा १९ अनुसार निर्णय गरिएको जनाउँदै, सबै पक्षलाई जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij