२०८३ साउन १२ मंगलबार

हुम्लाको उच्च भेगमा हिमपात, चिसोले जनजीवन प्रभावित

ई आर्थिक    मंगलबार, असोज २१ २०८२
2K
Shares
हुम्लाको उच्च भेगमा हिमपात, चिसोले जनजीवन प्रभावित

ई-आर्थिक, सिमकोट । हुम्लाको उच्च हिमाली क्षेत्रमा सोमबार साँझदेखि हिमपात सुरु भएको छ। उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायतका क्षेत्रमा हिमपात भएपछि चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले जानकारी दिएका छन्।

हिमपातसँगै जनजीवन प्रभावित भएको छ भने हिल्सामा सोमवार दिउँसो हल्का वर्षापछि मंगलबार बिहानदेखि बाक्लो हिमपात भएको बताइएको छ।

सिमकोट गाउँपालिकाका पञ्चमुखी, रलिङ, सैपाल र खार्पुनाथ क्षेत्रका उच्च भूभागमा पनि हिमपात भएको छ। उच्च भेगमा हिमपात भइरहेका बेला सदरमुकाम सिमकोटसहित होचो क्षेत्रहरूमा वर्षा भइरहेको छ।

सिमकोटमा एक्कासी बढेको चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका छन्। मौसम खराबीका कारण सिमकोट विमानस्थलमा उडानसमेत प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij