२०८३ साउन ९ शनिबार

रास्वपाका पूर्व सांसदलाई रातो पासपोर्ट र परिचयपत्र फिर्ता गर्न निर्देशन

ई आर्थिक    मंगलबार, असोज १४ २०८२
3K
Shares
रास्वपाका पूर्व सांसदलाई रातो पासपोर्ट र परिचयपत्र फिर्ता गर्न निर्देशन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निवर्तमान सांसदहरूलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा तत्काल बुझाउन निर्देशन दिएको छ।

पार्टीका प्रवक्ता मनिष झाले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व सांसदहरूले आफूहरूसँग रहेका संसदीय सुविधा समेटिएको कागजातहरू यथाशीघ्र फिर्ता गर्नुपर्ने बताए। उनले भने, “पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ।”

यससँगै पार्टीले हालै जेनजीको अगुवाइमा भएको सुशासनको आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको घटनालाई राष्ट्रिय शोकको रूपमा लिँदै यसपटक दशैँ लगायतका चाडपर्वमा पार्टीको ब्यानर वा झन्डा प्रयोग गरेर कुनै कार्यक्रम नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “देश राष्ट्रिय शोकको अवस्थामा रहेकोले पार्टीको ब्यानर र झन्डा प्रयोग गरी कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न र नगराउन सम्पूर्ण पार्टीपंक्तिलाई अनुरोध गरिन्छ।”

रास्वपाले आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij