२०८३ साउन १२ मंगलबार

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५० लाख सहयोग

ई आर्थिक    आइतबार, असोज १२ २०८२
4.4K
Shares
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा  ५० लाख सहयोग

काठमाडौं ।  नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले जेन जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग प्रदान गरेको छ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष विकास दुगड र संघका निवर्तमान अध्यक्ष संन्दीप अग्रवालले माननीय अर्थमन्त्री रामेश्वर खनाल ज्यूलाई उक्त सहयोग रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष दुगडले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणमा सरकारको प्रयासलाई साथ दिनु प्रत्येक नागरिकको जिम्मेवारी रहेको उल्लेख गर्दै, संघको यस प्रकारको सहयोगले पुनर्निर्माण कार्यमा केहि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस अवसरमा अर्थमन्त्री खनालले नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले देखाएको सहयोगी भावना प्रति आभार प्रकट गर्दै प्राप्त सहयोग रकमले पुनर्निर्माणको कार्यलाई थप गति दिन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

कार्यक्रममा संघका पदाधिकारी , मन्त्रालयका अधिकारी तथा सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij