२०८३ भाद्र ३१ बुधबार

‘पार्की र जाम्ज ब्राण्डको आइसक्रिमको बजार हिस्सा ४० प्रतिशत पुर्‍याउने लक्ष्य छ’

ई आर्थिक    मंगलबार, असोज ७ २०८२
5.6K
Shares
‘पार्की र जाम्ज ब्राण्डको आइसक्रिमको बजार हिस्सा ४० प्रतिशत पुर्‍याउने लक्ष्य छ’

मुरारी लाल कुमावत, प्रबन्ध निर्देशक

सिभान्स फूड प्रडक्ट प्रा. लि.

सिभान्स फूड प्रडक्ट प्रालिले ‘पार्की’ ब्राण्डको आइसक्रिम उत्पादन सुरू गरेको सातौं बर्षमा प्रवेश रेको छ । यसबीचमा कम्पनीले ‘जाम्ज’ नामको प्रिमियम ब्राण्डलाई पनि बजारमा विक्री वितरण सुरु गरेको छ । स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन सुरु गरेको पार्की आइसक्रिम गुणस्तरीय भएकै कारण लाखौं उपभोक्ताको मन जित्न सफल भइसकेको छ । जसको कारणले प्रिमियम ब्राण्ड जाम्जलाई बजारमा ल्याउन कम्पनीलाई प्रोत्साहित गरेको हो । अहिले ८०० बढी स्थानबाट विक्री वितरण गर्दै आएको सिभान्सले आफ्ना उत्पादनलाई उत्पत्यका वाहिर समेत फैल्याउँदै आएको प्रबन्ध निर्देशक मुरारी लाल कुमावतले बताएका छन् ।

पार्की र जाम्ज आइसक्रिमको बारेमा बताइदिनोस् ?

‘पार्की’ र जाम्ज ब्राण्डको आइसक्रिम सिभान्स फूड प्रडक्ट प्रालिले उत्पादन गर्दछ । सिभान्स फूड विशेषगरी खाद्यन्नसँग सम्बन्धित कम्पनी हो । यसले अहिले आइसक्रिम मात्रै उत्पादन गरी बजारमा विक्री वितरण गर्दै आएको छ । पार्की ब्राण्डको आइसक्रिम उत्पादन भएको ६ बर्ष पुरा भएसँगै जाम्ज ब्राण्डको प्रिमियम आइसक्रिम थप गरेको छ ।

पार्की र जाम्ज आइसक्रिम कति प्रकारका स्वादमा उपलब्ध छ ?

हामीले उत्पादन गर्ने आइक्रिम ४० प्रकारका विभिन्न स्वादहरुमा उपलब्ध छन् । चकलेट, भेनिला, स्ट्रेबरी, फ्रुट, मिन्ट, बटर स्कच जस्ता स्वादहरुमा उत्पादन गरी विक्री वितरण गर्दै हुँदै आएको छ । कम्पनीले मूख्यतयाः खाद्यन्नसँग सम्बन्धित उत्पादन तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । आगामी दिनमा त्यही उद्देश्य पुरा गर्न सेवा विस्तारमा जोड दिइने छ ।

आइसक्रिम उद्योग खोल्ने सोच कसरी आएको थियो ?

आइसक्रिम उद्योगमा रहेर मैले २५ बर्ष लामो समय विताएको छु । आफ्नो विगत लामो समयदेखिको अनुभव आइसक्रिमसँगै खाद्यन्न उद्योग खोलेर सेवा विताउने मेरो सोच थियो । यस शिलशिलामा आइसक्रिमको उत्पादन, गुणस्तरमा एकरूपता, बजार व्यवस्थापन र आन्तरिक व्यवस्थापनको समेत अनुभव हामीसँग रहेको छ । हामीले बढ्दो जनसंख्या, शहरीकरणका साथै आइसक्रिम उद्योगमा भएको संभावनालाई मध्येनजर गरेर सिभान्स फूड प्रडक्ट प्रालि स्थापना गरी ‘पार्की’ ब्राण्डको आइसक्रिम उत्पादन र विक्री वितरण सुरू गरेका हौं । यो उद्योग सञ्चालनमा आएसँगै आफूसँग भएको अनुभव समेत सदुपयोग भएको छ । यसबाट प्रत्यक्ष अप्रत्यक्ष गरी सयौंले रोजगारी पाएका छन् ।

पार्की र जाम्ज ब्राण्डका आइसक्रिमका विशेषता के कस्ता छन् ?

आइसक्रिम उत्पादनको लामो समयको अनुभव पछि हामीले ‘पार्की’ र ‘जाम्ज’ ब्राण्डलाई बजारमा प्रस्तुत गरेका छौं । सिभान्स फूड विशेषगरी खाद्यसँग सम्बन्धित उद्योग हो । सिभान्स खाद्यसँग सम्बन्धित उद्योग भएकाले हामीले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यान दिनु पर्दछ । पार्की र जाम्जले पनि स्वाद र सन्तुष्टिसँगै स्वास्थ्यलाई विशेष ध्यान दिएको छ । बजारमा हाल उत्पादन भइरहेका केही आइसक्रिमहरुले गुणस्तरमा ध्यान नदिई उत्पादन गरेको जनगुनासो सुनिन्छ । तर ६ बर्षको अवधि पुरा गरिसक्दा पनि आजसम्म हाम्रो उत्पादनको गुणस्तरको बारेमा उपभोक्ताले कहिले पनि प्रश्न गरेको छैनन् । एकपटक उपभोग गर्ने ग्राहकले पटक–पटक ‘पार्की र जाम्ज आइसक्रिम’ नै खोज्छन् । हामीले ६ बर्षमा कमाएको सम्पत्ति नै तिनै सन्तुष्ट ग्राहक हुन् । हामीले उत्पादन गरेको आइसक्रिम तुलनात्मक रूपमा गुणस्तरीय, स्वस्थबद्र्धक र स्वादिष्ट छ । अत्याधुनिक प्रविधियुक्त मेशिनद्वारा आइसक्रिमलाई खाद्यन्नमा हुनुपर्ने गुणस्तर र स्वास्थ्यलाई विशेष ध्यान दिई उत्पादन गछौं । आइसक्रिममा प्रयोग गरिने कच्चा पदार्थ (खाद्य बस्तु तथा सामाग्री)हरु त्यत्तिकै गुणस्तरीय प्रयोग गर्दछौं । उत्पादन देखि भण्डारण समेतमा हामीले स्वास्थ्यमा सजगता अपनाएका छौं । समग्रमा भन्नुपर्दा आइसक्रिम पारखीका लागि पार्की र जाम्ज आइसक्रिम एक मात्र विकल्प हो भन्दा फरक नपर्ला । स्वाद र सन्तुष्टिको पर्याप्त मिश्रण रहेको यो आइसक्रिम अन्तर्राष्ट्रियस्तरको रहेको छ । २१ औं शताव्दीका सचेत उपभोक्तालाई गुणस्तर, स्वस्थबद्र्धक उत्पादन पहिचान गरी उत्पादन भएको पार्की र जाम्ज ब्राण्डको आइसक्रिम नै उपभोग गर्न म अनुरोध गर्दछु ।

नेपालमा आइसक्रिमको बजार कस्तो रहेको छ ? पार्कीले बजार हिस्सा कति पु¥याउने लक्ष्य राखेको छ ?

नेपालमा ‘आइसक्रिम कल्चर’ दिनप्रति दिन बढ्दो छ । विवाह, ब्रतबन्ध, जन्मदिन, बार्षिकोत्सव जस्ता कुनै पनि पार्टी भोजमा परिकारमा आइसक्रिम अनिवार्य परिकार बन्दै गइरहेको छ । यसरी हेर्दा आइसक्रिमको बजार विस्तारै बढ्दै गएको छ । अहिले नेपाली बजारमा ५० वटा जति आईसक्रिमका ब्राण्डहरु रहेका छन् । त्यसमा पनि सबैको मूख्य बजार काठमाडौं उपत्यका नै भएको छ । सबै आइसक्रिम उत्पादक कम्पनीले राजधानीकै बजारलाई लक्षित गरेर उत्पादन तथा विक्री वितरण गरिरहेका छन् । हामीले पार्कीलाई उपत्यकासँगै आसपासका जिल्लाहरुमा विस्तारै विस्तार गर्दै लगेका छौं । विगतको तुलनामा पार्की र जाम्जको बजार बढ्दै गएको छ । ग्राहकहरुको माया र स्नेहबाट हामी अत्यन्तै उत्साहित छौं । हाम्रो उत्पादनप्रति उपभोक्ताको रेस्पोन्स पनि राम्रो छ । यसरी हेर्दा प्रत्येक बर्ष बजार हिस्सा बढाउदै लैजाने हाम्रो लक्ष्य र योजना पनि क्रमशः पुरा हुँदै गएको छ । गुणस्तरीय उत्पादन भएकाले बजार बढाउन हामीलाई खासै समस्या छैन । अबका पाँच बर्षमा आइसक्रिमको नेपाली बजारमा पार्की ब्राण्ड र जाम्ज ब्राण्डले ४० प्रतिशत बजार हिस्सा ओगट्ने प्रयास हाम्रो रहनेछ ।

पार्की आइसक्रिम विक्रीको नेटवर्क कसरी मिलाउनु भएको छ ?

हामीले सम्पर्क गरेका विभिन्न आउटलेटमा सिधै उद्योगको गाडीमार्फत ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै पार्टी प्यालेस, डेरी पसल, डिपार्टमेन्टल स्टोरका साथै भोलुममा आउने अर्डरलाई घर पसलमै पु¥याइदिने व्यवस्था रहेको छ ।

आइसक्रिम बजारमा प्रतिस्पर्धा कत्तिको छ ? पार्कीमा यसको कुनै असर पनि छ की ?

अहिले नेपालमा आइक्रिमका ५० वटा जति ब्राण्डहरु रहेका छन् । यसका अतिरिक्त विदेशबाट समेत आइसक्रिम आयत हुने गरेको छ । सबैजसोले काठमाडौं उपत्यकालाई मात्रै बजार लक्षित गरेका छन् । यसरी हेर्दा उपत्यकामा भने केही प्रतिस्पर्धा रहेको छ । उपत्यकाको मूख्य बजारमा सबै ब्राण्ड छन् । उपत्यकामा पनि कतै नपुगेको ठाउँहरु रहेका छन् । त्यस्ता ठाउँमा बजार सानो भएकाले लागत बढी हुन्छ । त्यसैले धेरै उद्योग त्यस्ता ठाउँमा जान चाहान्नन् । हामी स्वस्थ प्रतिस्पर्धाको पक्षमा छौं । स्वस्थ प्रतिस्पर्धाले गुणस्तर र मूल्यमा एकरुपता ल्याउछ । यसले उपभोक्तालाई नै फाइदा हुने मेरो बुझाई छ । आइसक्रिम बजारमा केही प्रतिस्पर्धा भएपनि हाम्रो उत्पादनको गुणस्तर अन्तराष्ट्रियस्तरको रहेको हुनाले हामीलाई केही असर पर्दैन् ।

आइसक्रिम व्यवसायीहरुले सरकारबाट के कस्तो सहयोगको अपेक्षा गरेको छ ?

राज्यलाई ठूलो मात्रामा रोजगारी र राजश्व बुझाउने स्वदेशी उद्योगहरुलाई निश्चित पनि सरकारले प्रर्बद्धन र सहयोग गर्नुपर्छ । अत्याधुनिक प्रविधिबाट अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन गरी नेपाली उपभोक्तालाई उपभोग गराउन स्वदेशी उद्योग सक्षम छन् । स्वदेशी उद्योगलाई बचाउन र प्रोत्साहन गर्न सरकारले सरल ऋणको व्यवस्था, आइसक्रिम उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र मेशिनरी सामाग्रीमा भन्सार छुटको व्यवस्था गरिनुपर्छ । यसो हुँदा आइसक्रिम उद्योगबाट विदेशिने रकम नेपालमै रोक्न उद्योगीहरु सक्षम हुनेछन् ।

आइसक्रिम उद्योगका समस्याहरु के–के छन् ?

बजार ठूलो छैन । आइसक्रिम उद्योगहरु खुल्ने क्रम जारी रहेको छ । धेरै उद्योग खुल्ने र भोली अस्वस्थ प्रतिस्पर्धा हुनबाट बचाउने अहिले नै सम्बन्धित निकायहरुले ध्यान दिनु पर्छ । ढुवानी गर्दा चिस्यान प्रविधिसहित ढुवानी गर्नुपर्ने भएकाले लागत कष्ट अलिक उच्च हुन्छ । यसले लागत पनि बढाउने संभावना रहन्छ । त्यस्तै आइसक्रिमको व्यापार मौसमी हो । गर्मीमा ह्वात्त खपत हुने र जाडोमा धेरै कम हुने भएकाले उद्योगीले आफ्नो व्यापार एभरेजमा राखी कर्मचारीलाई नियमित काम दिन बडो हम्मे–हम्मे पर्छ ।

भावि लक्ष्यहरु के-के छन् ?

हाम्रो गुणस्तरीय आइसक्रिम र भविष्यमा उत्पादन हुने अन्य खाद्य जन्य उत्पादनलाई देशका सबै उपभोक्ता माझ पु¥याउने लक्ष्य हाम्रो रहेको छ । उपत्यका बाहिर उद्योग स्थापना गरी र डिलर, सब– डिलर नियुक्ती गरी हामीले हाम्रो लक्ष्यलाई विस्तारै पुरा गर्दै लैजाने सोचमा रहेका छौं । त्यस्तै दालमोड र भुजिया जस्ता खाद्य उत्पादनहरू बजारमा ल्याउने भावि लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij