२०८३ साउन १० आइतबार

घटस्थापनाको दिन पनि आरटीजीएस सञ्चालनमा रहने

ई आर्थिक    आइतबार, असोज ५ २०८२
1.5K
Shares
घटस्थापनाको दिन पनि आरटीजीएस सञ्चालनमा रहने

ई-आर्थिक, काठमाडौं ।   नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले घटस्थापनाको दिन अर्थात् २०८२ असोज ६ गते सोमबार सार्वजनिक बिदा रहेपनि रियल टाइम ग्रस सेटलमेन्ट (RTGS) प्रणाली नियमित रूपमा सञ्चालनमा रहने जनाएको छ।

बैंकले जारी गरेको सूचनामा उक्त दिन बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म यो प्रणाली सञ्चालन हुने स्पष्ट गरिएको छ। भुक्तानी प्रणाली विभागका अनुसार, सार्वजनिक बिदाको दिन पनि वित्तीय कारोबार सहज बनाउनका लागि आरटीजीएस प्रणाली सञ्चालनमा राखिने निर्णय गरिएको हो।

आरटीजीएस प्रणाली उच्च मूल्यका भुक्तानी तथा रकम स्थानान्तरणका लागि प्रयोग गरिने बैंकिङ सेवा हो, जसअन्तर्गत कारोबारकर्ताले तत्कालै खातामा रकम प्राप्त गर्न सक्ने व्यवस्था हुन्छ।

नेपाल राष्ट्र बैंकले यस सूचनामार्फत सम्बन्धित सबै बैंक, वित्तीय संस्था तथा सेवाग्राहीलाई जानकारी गराउँदै उक्त दिन सेवा लिन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij