२०८३ साउन १२ मंगलबार

साउनमा १ खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो, विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०८२
4.5K
Shares
साउनमा १ खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो, विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि

ई-आर्थिक, काठमाडौं ।  आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार, यो अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेर रु. १७७ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि १७.७ प्रतिशत मात्रै थियो, जसअनुसार विप्रेषण रु. १३६ अर्ब ६० करोड रहेको थियो।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो।

यस अवधिमा खुद द्वितीय आय (नेट ट्रान्सफर) पनि उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ। पहिलो महिनामा कुल रु. १९३ अर्ब ८५ करोडको ट्रान्सफर आय भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. १४८ अर्ब ८ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।

वैदेशिक रोजगारी तर्फ पनि श्रम स्वीकृतिको संख्यामा वृद्धि देखिएको छ। समीक्षावधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत – नयाँ) लिने नेपालीको संख्या ४४,४६६ पुगेको छ, जुन अघिल्लो वर्षको ३६,९२८ भन्दा बढी हो। यसैगरी, पुनः श्रम स्वीकृति लिनेको संख्या २३,६४४ रहेको छ, जबकि अघिल्लो वर्ष यो संख्या २२,६४७ थियो।

नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान उच्च रहँदै आएको छ। पछिल्लो तथ्यांकले देशको वैदेशिक मुद्रा सञ्चितिमा सुधार आउन सक्ने सकारात्मक संकेत देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij