२०८३ साउन १२ मंगलबार

मानव अधिकार आयोगद्वारा संयमता, शिष्टता र उत्तरदायित्वपूर्वक अघि बढ्न आग्रह

ई आर्थिक    सोमबार, भाद्र ३० २०८२
2.8K
Shares
मानव अधिकार आयोगद्वारा संयमता, शिष्टता र उत्तरदायित्वपूर्वक अघि बढ्न आग्रह

ई-आर्थिक, काठमाडौं  ।  पछिल्लो समय देशमा उत्पन्न राजनीतिक घटनाक्रम र त्यसको समाधानतर्फ भइरहेको प्रयासलाई राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर रूपमा लिएको जनाएको छ। नयाँ सरकार गठन भइसकेको सन्दर्भमा आयोगले सम्बन्धित सबैलाई शान्तिपूर्ण, शिष्ट र मानव अधिकारमैत्री व्यवहार गर्न आह्वान गरेको छ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको क्रममा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहत प्रदान गर्ने कार्यमा विशेष ध्यान दिनु आवश्यक रहेको उल्लेख गरेको छ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा देश, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राख्दै सबै सरोकारवालाको सहभागितामा अगाडि बढ्नुपर्ने जोड दिइएको छ।

यस्ता छन् नौ बुँदे आह्वान

– जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोष्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन,
–    देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन,
–    अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पु¥याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्न,
–    आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्पे्रषण गर्न तथा द्वन्द्व हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन,
–    आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न,
–    विकसित परिस्थितिमा आमसर्वसाधारणको मानव अधिकारको उपभोगमा आइपर्ने अवरोधहरूको पहिचान गरी त्यस्ता अवरोधहरू हटाउन प्रभावकारी कार्य गर्न,
–    सङ्कटको अवस्थामा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गरी दैनिक उपभोग्य सामग्री र सेवालाई सुचारू रूपले सञ्चालन गर्न तथा आमनागरिकहरूको आवतजावतलाई सहज बनाउन,
–    प्रदर्शनको क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवाप्रवाहमा जोड दिन,
–    सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै संघसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij