२०८३ साउन १० आइतबार

नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

ई आर्थिक    सोमबार, भाद्र ३० २०८२
2.9K
Shares
नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणघाट-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना-५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो। सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।

वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेरमात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij