२०८३ साउन १२ मंगलबार

अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुरु गराउन राष्ट्र बैंकको निर्देशन

ई आर्थिक    बिहिबार, भाद्र २६ २०८२
2.7K
Shares
अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुरु गराउन राष्ट्र बैंकको निर्देशन

ई-आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई अत्यावश्यक सेवाहरू मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको सूचनामा भनिएको छ कि रक्षा मन्त्रालय र नेपाली सेनाले जारी गरेको सूचनालाई मध्यनजर गर्दै बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सेवा प्रदायकहरूले सेवा निरन्तरतामा ध्यान दिनुपर्नेछ।

सूचनामा भनिएको छ, व्यावसायिक निरन्तरता सुनिश्चित गर्न सीमित कर्मचारीको सहयोगमा आवश्यक डिजिटल भुक्तानी तथा बैंकिङ सेवा सञ्चालन गर्नुहोला।

त्यस्तै, अन्य प्रणालीहरू जोखिम मूल्यांकनको आधारमा रिमोट एक्सेसबाट सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

साथै, सञ्चालनमा रहेका शाखा, एटीएम तथा प्रदान भइरहेका सेवाहरूको जानकारी सार्वजनिक रूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत उपलब्ध गराउन पनि सबै वित्तीय संस्थाहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij