२०८३ साउन ९ शनिबार

 कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
4.8K
Shares
 कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित

ई- आर्थिक, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। बोर्डले एक अत्यन्त जरुरी सूचना जारी गर्दै, पूर्व निर्धारित तालिका अनुसार भदौ २८ र २९ गते सञ्चालन हुने भनिएको पूरक परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण स्थगित गरिएको जानकारी दिएको हो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार, स्थगित परीक्षाको नयाँ तालिका अर्को सूचना प्रकाशित गरी सार्वजनिक गरिनेछ। साथै, नयाँ तालिका सार्वजनिक हुनुअघि कम्तिमा ७ दिनको समय दिइने जानकारी समेत बोर्डले दिएको छ।औ

परीक्षा स्थगनको कारणबारे स्पष्ट विवरण दिइएको छैन भने, विद्यार्थीहरूलाई समयमै सूचना प्राप्त गर्न बोर्डको वेबसाइट वा आधिकारिक सूचनामार्फत जानकारी लिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij