ई–आर्थिक, काठमाडौं । नेताका घरमा तोडफोड र आगजानी पछि नयाँ पुस्ता (जेन–जी) निशाना पछि व्यापारिक तथा औद्योगिक प्रतिष्ठानमा पर्न थालेका छन् । यसको सुरुवात काठमाडौंका नक्सालमा रहेको होटल हिल्टनबाट सुरु गरिएको छ । आन्दोलनकारी आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले हिल्टन होटलमा आगजनी गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । जगदम्वा समूहको लगानी रहेको उक्त होटलमा शेरबहादुर देउवाका छोरा जयबीर देउवाको समेत लगानी रहेको भनि केही दिन अघि विवादित थियो ।