२०८३ साउन ९ शनिबार

वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञाको समय बढाइयो

ई आर्थिक    मंगलबार, भाद्र २४ २०८२
1.4K
Shares
वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञाको समय बढाइयो

वीरगञ्ज ।  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ।

वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौंमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ बजेदेखि जारी भएको निषेधाज्ञाको समयावधि आज अपराह्न ६ बजेसम्मको लागि बढाइएको हो।

सोमबार राति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्मका लागि कर्फ्यूको समयावधि थप गरिएको जानकारी दिए।

‘हिजो बेलुका ९ बजेदेखि आज बिहान ९ बजेसम्म लगाइएको कर्फ्यू आदेश जारी भएको थियो,’ उनले भने, ‘यहाँको शान्तिसुरक्षाको अवस्था सहज नभएकाले निषेधाज्ञाको अवधि बढाइएको छ।’

प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शंकराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij